माछापुच्छ्रे गाउँपालिका क्लबस्तरीय फुटबलमा आयोजक च्याम्पियन
पाेखरा | बैशाख २६, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा भएको माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब च्याम्पियन भएको छ ।
भिडाबारीस्थित बराह माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा ह्याप्पी ब्रदर्श लाहाचोकलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
आयोजकको जीतमा अनुप लामिछाने, सुजन मगर र मनिष ठकुरीले समान १\१ गोलको योगदान दिए ।
च्याम्पियन बनेको खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब (पहेलो) ले ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको ह्याप्पी ब्रदर्शले १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे भने सान्त्वना स्थान हाँसिल गरेको ग्रीनहिल क्लब ल्वाङलाई ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीका रुपमा आयोजककै सुनिल विक पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै मनिष ठकुरी, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमकै अनुप लामिछाने, उत्कृष्ट डिफेन्डरका रुपमा आयोजककै सुजन मगर घोषित भए ।
यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै पारसमान गुरुङ र उत्कृष्ट मिल्डफिल्डरका रुपमा ह्याप्पी ब्रदर्शका मनोज नेपाली आकर्षक पुरस्कृत भएका थिए ।
सो प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका कुल ३४ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

